काठमाडौं – फिल्म ‘नम्बरी सुन’को छायांकन सुरु भएको छ । ललितपुर भैंसेपाटीस्थित श्रीकालीचौरबाट फिलमको छायांकन सुरु भएको हो । गौरव पहारी, नम्रता सापकोटा र सरोज खनालको मुख्य भुमिका रहने फिल्मको निर्देशन राजु गिरीले गर्नेछन् ।
छायांकन सेटबाट सार्वजनिक तस्वीरमा गौरव र नम्रतालाई त्यतिबेलाको भेषभूषामा देख्न सकिन्छ । मन्दिरमा पूजाआजासहित फिल्म छायांकन सुरु भएको हो । ७० वर्षअघिको नेपाली समाजको कथा चित्रण गर्ने फिल्मको कथा नारायण खातीको रहेको छ भने फिल्ममा ‘दुई नम्बरी’ फेम्ड निर्माता किरण नेपालीले प्रमुख खलपात्रको भूमिका निर्वाह गर्दैछन् ।
फिल्ममा बुद्धि तामाङ, सविन बाँस्तोला, विनोद न्यौपाने, गीता अधिकारी, स्मृति ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मणविक्रम बस्नेत, माया श्रेष्ठ, हीरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा, आशा भारती र अनिता गिरीलगायत कलाकारको अभिनय छ ।शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको फिल्मलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दैछन् ।