प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै पुत्ला दहन — OSNepal

प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै पुत्ला दहन

LC (KTM) July 07, 2021 0

काठमाडौं २३ असार । पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आज त्रिचन्द्र क्याम्पस अगाडी विरोध प्रदर्शन गरेको हो । नेविसंघले विरोध प्रदर्शन गर्दै ओलीको राजीनामा समेत माग गरेको छ । आयल निगमले हिजो मध्यराति पेट्रोल सहित खाना पकाउने ग्याँस, हवाई इन्धन , मट्टितेल र डिजेलका भाय बढाएको थियो । विरोधमा उत्रिएका केहि विद्यार्थीलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर