राष्ट्रिय सभाको बैठकमा 'लोक सेवा आयोग'को ६१ औं वार्षिक प्रतिवेदन पेश — OSNepal

राष्ट्रिय सभाको बैठकमा ‘लोक सेवा आयोग’को ६१ औं वार्षिक प्रतिवेदन पेश

LC (KTM) July 07, 2021 0

काठमाडौँ २३ असार । राष्ट्रिय सभाको बैठकमॉ लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश भएको छ ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले आयोगको प्रतिवेदन सभामा पेश हुन् ।

त्यसैगरी ,विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पेश गरेका छन् ।

अब अर्को राष्ट्रिय सभाको बैठक भने असार २७ गते मात्र बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर