कोइला खानी दुर्घटना हुँदा चार जनाको मृत्यु — OSNepal

कोइला खानी दुर्घटना हुँदा चार जनाको मृत्यु

LC (KTM) February 02, 2023 0

ताइयुआन-चीनको उत्तरी भागमा रहेको शाङ्सी प्रान्तको एक कोइला खानीमा आएको बाढीको कारण फसेका चार जनाको मृत्यु भएको प्रान्तीय आपतकालीन व्यवस्थापन प्राधिकरणले बुधबार जनाएको छ ।

बाढी दुर्घटना शाङ्सीको जिनचेङ सहरमा अवस्थित शाङ्सी लनहुआ समूहको आबद्ध जुसान कोइला कम्पनीको जुसान खानीमा जनवरी २७ मा बिहान करिब ५ बजे भएको थियो ।

स्थानीय आपतकालीन व्यवस्थापन प्राधिकरण र खानी सुरक्षा प्रशासनले बुधबार परिपत्र जारी गर्दै कोइला कम्पनीको उत्पादनमा कुनै समस्या आएमा सुधार गर्न र सुधार अवधिमा यसको सुरक्षा व्यवस्थापन सुदृढ गर्न निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर