बलिउडमा सुपरहिट फिल्म दिएका निर्देशक करण जोहर ५ बर्षको अन्तराल पछि फेरि लयमा देखिएका छन् । उनले निर्देशनमा फेरी कमब्याक गरेका हुन् । उनले बलिउडमा जति पनि फिल्म निर्देशन गरेका छन् सबै प्रेम कथामा आधारीत नै छन् र ती फिल्मले बक्स अफिसमा तहल्का नै मच्चाएका पनि छन् ।
प्रेम कथालाई राम्रो संग बुन्न जानेका करणले ५ बर्ष पछि रक्की और रानी कि प्रेम कहानी मार्फत कमब्याक गर्न लागेका हुन् । उनले यसअघि ए दिल हे मुश्किल निर्देशन गरेका थिए । त्यहाँ पछि थान्को लागेर बसेका उनले नयाँ प्रेमकथामै आधारीत फिल्म निर्देशन गर्न लागेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । फेरी अचम्मको कुरा के छ भने यस फिल्ममा रणबीर सिंह रणबीर कपुरकी गर्लफ्रेण्ड आलिया संग मस्ति गर्दैछन् ।
नायक रणवीर सिंह र नायिका आलिया भट्टको यस प्रेम कथाको मुख्य पात्र रहनेछन् । करणले चलचित्र घोषणा गर्दै केही बर्षपछिको अन्तरालमा फेरि आफ्नै यात्रामा फर्किएको बताएका छन् । उनले फिल्मको बारेमा जानकारी दिदै यो एक विशेष प्रेम कथामा आधारीत चलचित्र भएको र यसमा पारिवारिक र प्रेमको कुरा देखाईने बताएका छन् ।
हुन त रणबीर र आलियाको जोडीलाई दर्शकले पनि उत्तिकै रुचाएका छन् । उनीहरुको गूग्ली ब्वाई ले अपार माया पाएको थियो । करणको यो फिल्मलाई लिएर प्रेमील जोडीहरु भने एकदमै उत्साहित देखिएका छन् । किनकि करणले यसअघि प्रेम गर्नेहरुकै लागि बलिउडमा ब्लकबस्टर बनेका कुछ कुछ होता हे, कभी खुशी कभी गम जस्ता फिल्महरु दिईसकेका छन् ।