पछिल्लो २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाले गुमाए ज्यान — OSNepal

पछिल्लो २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि, २८ जनाले गुमाए ज्यान

LC (KTM) July 07, 2021 0

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जनामा र ४०६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या आफैंमा कम भएको मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले बताएका छन् ।

मन्त्रालयका अनुसार थप भएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५४३ जना छन्, जसमा काठमाडौंका ३९०, ललितपुरका ८६ र भक्तपुरका ६७ जना छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर