काठमाडौँ । ब्रासलेट, छक्कापञ्जा, तिमीबिना, चि मुसी चि, समर लभ, न यता न उता, डेसान लगायतका फिल्ममा अभिनय गरेकी सुन्दरी नायिका हुन् नम्रता सापकोटा ।
योग र व्यायाममा विशेष रुची राख्ने नायिका सापकोटा पछिल्ला दिनमा फिट रहनमा व्यस्त छिन् । फिल्म र विज्ञापनका अलावा म्यूजिक भिडियोमा पनि व्यस्त नम्रताको दिनचर्यामा व्यायाम पनि जोडिएको छ । उनको यो फिटनेस मन्त्र फ्यान र प्रशंसकलाई पनि प्रेरणा बन्न सक्छ ।
मांसपेशीलाई लचिलो तुल्याउन संसारमा निकै चलेको कसरतमध्येको ‘स्ट्रेचिङ’ नम्रताले गर्दै आएकी छन् । मांसपेशीको लम्बाइ कायमै राख्न र शरीरलाई सक्रिय भूमिका प्रदान गर्न धेरै सेलिब्रिटीको रोजाइमा यो कसरत पर्ने गर्छ ।
नम्रताले ‘तनावलाई छल्न स्ट्रेचिङ रोजौं, भन्दै स्टाटस लेखेर तस्विर सेयर गरेकी छन् । जुन तस्विरहरु इन्डोर कसरत र योग कसरी गर्न सकिन्छ भनेर नम्रताको यो सूत्र अरुलाई पनि पाठ हुन सक्छ ।