सर्वोच्च अदालतले बोलायो रुपा सहित शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई — OSNepal

सर्वोच्च अदालतले बोलायो रुपा सहित शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई

LC (KTM) July 07, 2021 0

काठमाडौं-शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई सर्वोच्च अदालतले बोलाएको छ । सञ्चारकर्मी रुपा सुनारले दायर गरेको जातीय विभेदसम्बन्धी रिट निवेदनमा सर्वोच्चले श्रेष्ठ सहित रुपालाई पनि बोलाएको हो । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले हालसम्म भएको अनुसन्धानको प्रगतिसहित अन्तरिम आदेश हुने नहुने भन्ने विषयमा असार २९ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको हो ।

विषयको गाम्भीर्यतालाई मध्यनजर गर्दै छिटो टुंग्याउन सर्वोच्चले अग्राधिकार समेत दिएको छ । सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ समेतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

दलित भनेर कोठा भाडामा नदिने घरबेटी सरस्वती प्रधान, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई समेत विपक्ष बनाई सर्वोच्चमा रुपाले मुद्धा दायर गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर