काठमाडौं । अस्ट्रेलियामा रहेकी नेपाली नर्स अस्मिता पाण्डे एकाएक चर्चामा आइन् । उनी चर्चामा आउनुको कारण भने एक बृद्ध बिरामीमाथि गरिएको दुव्यबहार भनेर समाचारमा आयो ।
तर उक्त समाचारको उनले खण्डन गर्दै आफ्नै अस्पतालमा कार्यरत सहकर्मी साथीहरूले नै षड्यन्त्र गरेको बयान दिएकी छिन् । अस्मिताले एक नर्सिङ होममा कार्यरत उनी बिरामीलाई थप्पड हानेको आरोपमा पक्राउ परेको भनेर त्यहाँको सञ्चारमाध्यम नाइन एन न्यूजले जनाएपनि उक्त समाचार एक पक्षीय भएको उनले बताएकी छिन् ।
पाण्डेले एक भिडिओमार्फत सोमबार अदालतमा सुनुवाइको क्रममा आफूमाथिको मुख्य आरोप फिर्ता लिइसकेको बताएकी छन् । उनले आफू पक्राउ नपरेको भन्दै वकिलसहित अदालत गएको समेत सार्वजनिक भिडियोमा बताएकी छिन् ।
उनले भिडियोमा आँफु समातिएको भन्ने खबर गलत भएको भन्दै घरबाट नै अदालत गएको उल्लेख गरेकी छिन् । उनले भनिन् अदाालतको हियरिङ सकिएपछि सीधै घर फर्किएकी हुँ ।
नाइन न्यूज सिड्नीको एकपक्षीय समाचारमा आधारित भएर गलत समाचार सम्प्रेषण नगरिदिन हुन सम्पूर्ण नेपाली मिडियाहरूलाई अनुरोध गर्न चाहन्छु ।