काठमाडौँ २३ असार । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले यूएनडिपी एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहाकारमा नियुक्त भएकोमा अर्थशास्त्री डा।स्वर्णिम वाग्लेलाई बधाइ दिएका छन् । नेता भट्टराईले सामाजिक सञ्जाल मार्फत वाग्लेलाई बधाइ दिएका हुन्।
अमेरिकाको न्यूयोर्कस्थित प्रधान कार्यालयमै बसेर काम गर्ने गरी आर्थिक सल्लाहाकारमा नियुक्त भएका वाग्लेलाई भट्टराईले भनेका छन्, तपाईं जस्ता देशको अल्पविकासप्रति सचेत नागरिकले यसलाई बदल्ने अभियानमा सहभागी हुने आँट नगरेसम्म mediocre बाटै शासित हुन वाध्य हुनुपर्छ है!’
भट्टराईले लेखेका छन् , यूएनडिपी एशिया प्यासिफिक प्रमुख आर्थिक सल्लाहकार नियुक्त हुनुभएकोमा मूर्धन्य अर्थशास्त्री तथा चिन्तक स्वर्णिम वाग्लेलाई हार्दिक बधाइ तथा शुभकामना,