मानिसलाई पिसाब नलाग्नु पनि एक प्रमुख समस्या हो । तर बारम्बार पिसाब लागि रहनु पनि समस्याकै रुपमा लिन सकिन्छ । कसैलाई अत्याधिक पिसाब लाग्छ भने बेलैमा सचेत बन्नुहोस् । तपाई लाई कुनै न कुनै रोगले च्यापिरहेको छ । आज हामी यस्तै रोगका बारेमा जानकारी दिदैछौ जसलाई बारम्बार पिसाब लागि रहने हुन्छ ।
तपाई लाई मधुमेह छ भने बारम्बार पिसाब लागि रहने हुन्छ । यो मधुमेहको प्रमुख लक्षण मध्येको एक हो। बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार सामान्य मानिसले दिनमा ३ लिटर पिसाब गर्छ तर मधुमेहको समस्या हुँदा यो मात्रा ३ लिटरबाट बढेर २० लिटरसम्म पुग्छ। त्यस्तै ओभरएक्टिभ ब्ल्याडर भएको अवस्थामा पनि तपाईलाई बारम्बार पिसाब लागिरहने हुन्छ ।
यो अवस्था भनेको बारम्बार पिसाब जाने समस्या हो । त्यस्तै युरिनरी ट्र्याक्ट इन्फेक्सनका कारण पनि बारम्बार पिसाब लागि रहने हुन्छ । यूटीआई एक सामान्य रोग हो जुन महिलामा बढी देखिने गर्छ। यूटीआई रोग सामान्य भएता पनि ख्याल नगरेमा यसको संक्रमण मिर्गौलामा पनि फैलिन सक्छ र केही गम्भीर रोग निम्त्याउन सक्छ।
त्यस्तै पुरुषमा प्रोस्टेट सम्बन्धी समस्या भएमा पनि यो समस्या देखिने गर्दछ । महिलामा बारम्बार पिसाब लाग्नुका कारणहरूमा यूटीआई ओभरएक्टिभ ब्ल्याडर, पिसाब थैलीको इन्फेक्सन र मधुमेह बाहेक अन्य धेरै कारण पिसाब बारम्बार लाग्ने गर्दछ । गर्भावस्था, फाइब्रोइड, रजोनिवृत्ति र पाठेघरको क्यान्सर आदि जस्तो बेलामा यो समस्या आउने गर्दछ ।