काठमाडौँ २३ असार । दूई धारमा बाँडिएको जनता समाजवादी पार्टी ९जसपा०को विवाद टुंग्याउन निर्वाचन आयोगको आज बुधबार बसेको पदाधिकारीको बैठकले इजलास गठन गरेको छ ।
पदाधिकारीहरूको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो । थपलियाको नेतृत्वमा गठित इजलासले साउन ३ गते दुवै पक्षलाई बोलाएर सहमति जुठाउने प्रयास गरिने भएको छ ।
इजलासमा समाधान नभए सुनुवाई प्रक्रिया अगाडी बढाइने पनि बताइएको छ ।