युरोकपमा हृदयघात भएर मैदानमा ढलेका डेनमार्कका खेलाडी एरिक्सनलाई फाइनल खेल हेर्न यूईएफएको निम्ता , आज उनको टोलीले इंग्ल्याण्ड संग भिड्दै — OSNepal

युरोकपमा हृदयघात भएर मैदानमा ढलेका डेनमार्कका खेलाडी एरिक्सनलाई फाइनल खेल हेर्न यूईएफएको निम्ता , आज उनको टोलीले इंग्ल्याण्ड संग भिड्दै

LC (KTM) July 07, 2021 0

फुटबल ईतिहासमा कहिले काही यस्तो घटनाहरु हुन्छन् जुन घटना सधै यादगार रहने गर्दछन् । यस्तै घटना भएको छ युरोकप २०२१ मा । फुटबल खेल्दा खेल्दै हदयघात भएर डेनमार्कका खेलाडी ढलेको घटना शायदै फुटबलप्रेमीहरुको माझ सधै याद बनेर बसिनै रहनेछ ।

फिनल्याण्डविरुद्ध ४३ औं मिनेटमा एरिक्सन अचेत भएर मैदानमा ढल्न पुगेका थिए । इन्टर मिलानका २९ वर्षीय मिडफिल्डरलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।

उनको बाँच्ने चान्स एकदमै कम भएपनि भाग्यले उनलाई साथ दियो कि उनले समयमै उपचार पाए । उनी अहिले खतरामुक्त भईसकेका छन् तर खेल भने खेल्न सक्दैनन् । एरिक्सनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर आइसिडी समेत जडान गरिएको छ ।

एरिक्सनले पाए यूईएफएको निम्ता

अहिले सामान्य अवस्थामा रहेका उनै डेनमार्कका मिडफिल्डर एरिक्सनलाई युरोकपको फाइनल हेर्न युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले निमन्त्रणा दिएको छ । त्यतिमात्र हैन उनी संगै स्वास्थ्यकर्मीको टोलीलाई पनि निमन्त्रणा गरिएको छ जुन टोलीले हृदयघात भएर मैदान बेहोस भएका एरिक्सनलाई मैदानमा पुगेर तत्काल उपचार गरेका थिए ।

इंग्ल्यान्डको वेम्बलीमा हुने फाइनल खेल आगामी आइतबार राति हुनेछ । एरिक्सनको टिम डेनमार्क सेमिफाइनल प्रवेश गरिसकेको छ । आज डेनमार्कले इंग्ल्याण्ड संग फाईनल प्रबेशका लागि प्रतिष्पर्धा गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर