भक्तपुर, २३ असार-महानगरीय प्रहरी प्रभाग सानोठिमीमा डियुटीमा खटिएको प्रहरीलाई हा तपात गरेको अभियोगमा सोही नगरपालिका(२ धन्चे पाखा बस्ने २४ वर्षीय सरोज केसी लगायत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
मध्यपुर ठिमी नगरपालिका(२ सानोठिमीमा मा दक पदार्थ सेवन गरी हल्ला गरेको अवस्थामा प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा उनीहरुले प्रहरीलाई हातपात गरेपश्चात उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
हा तपात गर्दा घाइते भएका एकजना प्रहरी सहायक निरीक्षक कोरियन अस्पताल ठिमीमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।