हरिणको छाला सहित दुई जना पक्राउ — OSNepal

हरिणको छाला सहित दुई जना पक्राउ

LC (KTM) July 07, 2021 0

झापा २३ असार । हरिणको छाला सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल गाउँपालिका ३ बस्ने ४० वर्षीय लुखिराम हस्दा र सोही ठाउँ बस्ने २४ वर्षीय सुमन टुडु रहेका छन् ।

निजहरुलाई हरिणको छाला सहित मंगलबार दिउँसो प्रहरी चौकी पथरियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । सोही नगरपालिका ३ अभिमुक्तेश्वर सामुदायिक बनमा हरिण मारी उनीहरु लगायतका ब्यक्तिहरुले छाला काटी घरमा सुकाई राखेको विशेष सुचनाको आधारमा प्रहरीले छालासहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि आवश्यक कानूनी कारवाहीको लागि डिभिजन बन कार्यालय झापामा बुझाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्यको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर