काठमाडौं २३ असार । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबिच भेटवार्ता भएको छ ।
आज बुधबार बिहान १० बजे राष्ट्रपति कार्यालय पुगेका प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी बिच करिब २ घण्टा भेटवार्ता भएको बालुवाटार स्रोतले जनाएको छ ।
भेटवार्तामा भोली बिहिबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिले सम्बोधन गर्ने विषयमा कुराकानी भएको स्रोतको दावी छ । अन्य विषयमा भने स्पष्ट पारिएको छैन ।