पुरानो रिसिबीको कारण बादविवाद हुँदा धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा दोर्जे पक्राउ — OSNepal

पुरानो रिसिबीको कारण बादविवाद हुँदा धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा दोर्जे पक्राउ

LC (KTM) July 07, 2021 0

सर्लाही २३ असार । धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ ।

ईश्वरपुर नगरपालिका-४ सागरनाथ बस्ने ३५ वर्षीय सानु भन्ने कृष्ण बहादुर स्यङबोलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५८ वर्षीय पाल दोर्जे स्याङतानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पुरानो रिसिबीको कारण बादविवाद हुँदा दोर्जेले कृष्ण बहादुरलाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फुल्जोर र ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते कृष्ण बहादुरको लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर