रेडपाण्डाको छालासहित वर्कशपका संचालक र मुकेश भट्ट पक्राउ — OSNepal

रेडपाण्डाको छालासहित वर्कशपका संचालक र मुकेश भट्ट पक्राउ

LC (KTM) July 07, 2021 0

कैलाली २३ असार । धनगढी उपमहानगरपलिका(४ बोराडाँडीस्थित पण्डित मोटर्स वर्कशपबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको १ थान छाला सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका0३ बस्ने ३८ वर्षीय मुकेश भट्ट र पण्डित मोटर्स वर्कशपका संचालक भारत मोतिहारी केशरीया थाना गोछी कुशगर घर भएका ४१ वर्षीय गगनदेव पण्डित रहेका छन् ।

उक्त वर्कशपमा वन्यजन्तु रेडपाण्डाको छालाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी तथा संघिय प्रहरी ईकाई कार्यालय धनगढी ९हाल महेन्द्रनगर कन्चनपुर० समेतबाट खटिएको सयुक्त प्रहरी टोलीले वर्कशप तलासी गर्दा रेडपाण्डाको छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय धनगढी कैलालीमा बुझाइने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर