५ दशक भन्दा लामो समय सम्म बलिउडमा योगदान दिएका दिग्गज कलाकार दिलीप कुमारको ९८ बर्षको उमेरमा आज बिहान निधन भएको हो । उनको निधनले पुरै बलिउड शोकमा डुबेको छ । उनको निधनको खबर उनकै ट्विटर अकाउण्ट बाट दिइएको थियो ।
ट्विटरमा लेखिएको थियो– भारी मन तथा गहिरो दुःखका साथ, हाम्रो प्यारो दिलीप साहेबको निधनको घोषणा गर्दछु । दिलीप कुमारको शव अस्पताल बाट घर लगिएको छ । उनको सान्ताक्रुज मुम्बई स्थित जुहु कबरस्थानमा आज साँझ ५ बजे अन्तिम संस्कार गरिने छ ।
अमिताभले यसरी दिए दिलिपका लागि श्रद्धाञ्जली
उनको निधनको शोकमा डुबेको बलिउडका कलाकारहरुले उनको नाममा श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । धेरै जसो घरमै पुगेका छन् भने सामाजिक सञ्जाल मार्फत पनि श्रद्धाञ्जली दिईरहेको छ । यसैक्रममा बलिउडका अर्का दिग्गज कलाकार तथा महानायक अमिताभ बच्चनले पनि ट्विट गर्दै दुःख ब्यक्त गरेका छन् ।
उनले लेखेका छन्– एक संस्था छोडेर गयो….भारतीय सिनेमाको ईतिहास जहिले लेखिन्छ, सधै दिलीपकुमार भन्दा पहिला तथा दिलीपकुमार भन्दा पछि लेखीनेछ । मेरो प्रार्थना छ कि उनको आत्माले शान्ति पाओस्। परिवारको यो दुःख हने शक्ति प्राप्त होस् । एकदमै दुःख लागेको छ । उनको निधनको खबर संगै सबै बलिउडकर्मीहरु उनको निवासमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुगेका छन् । दिलीप कुमारलाई फिल्म जगतको ट्राजिटी किंगको रुपमा लिईने गरीएको थियो ।