डाक्टरको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत फेल — OSNepal

डाक्टरको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत फेल

LC (KTM) January 29, 2023 0

काठमाडौं, १५ माघ – नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनीक भएको छ । काउन्सिलमा चिकित्सक नाम दर्ता लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत चिकित्सक उत्तिर्ण भएका छन् ।

माघ १२ देखि १५ गतेसम्म भएको परीक्षामा मेडिकलतर्फ ४७.११ र डेन्टलतर्फ ४७.६० प्रतिशत उत्तिर्ण भएको काउन्सिलले जनाएको छ । परीक्षामा दुई हजार ३११ परीक्षार्थी सहभागी थिए ।

त्यसैगरी, धेरै डाक्टर पटक–पटक फेल हुन थालेपछि काउन्सिलले एमबीबीएस उत्तीर्ण विद्यार्थीले चिकित्सा पेसा अपनाउन नचाहे लाइसेन्स परीक्षा दिन नपर्ने व्यवस्था ल्याउन लागेको छ ।

एमबीबीएस तथा र बीडीएस उत्तीर्ण भएका तर भविष्यमा चिकित्सा पेसा गर्न नचाहनेलाई लाइसेन्स नचाहिने व्यवस्था गर्न लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर