संरक्षणको पर्खाइमा कनकासुन्दरी मन्दिर — OSNepal

संरक्षणको पर्खाइमा कनकासुन्दरी मन्दिर

LC (KTM) January 29, 2023 0

मुगु, १५ माघ  – नेपाली भाषाको उद्गम स्थलको रूपमा चिनिने सिन्जा प्राकृतिक सुन्दरता र सांस्कृतिक परम्पराको नमुना मानिन्छ । सिन्जाको कनका सुन्दरी बाट नेपाली भाषाको उद्गम थलो रहेको कनका सुन्दरी मन्दिरमा रहेका ताम्रपत्र, स्वर्णपत्र, शिला लेखलगायत प्राचीन, ऐतिहासिक, बहुमूल्य सम्पदा रहेको कनका सुन्दरी पछिल्लो समयमा  संरक्षणको पर्खाइमा रहेको छ ।

झन्डै ३४६१ वर्षअघि अर्थात् इसापूर्व १ मा राजा जालन्दरले यही कनका सुन्दरी मन्दिरमा  सिन्जा राज्य स्थापना गरेका थिए । राजा जालन्दर शिवका भक्त थिए । शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’ लाई जोडेर सिन्जा नाम रहन गएको जनश्रुति भेटिन्छ ।

खस राजा नागराज र उनका उत्तराधिकारीले सिन्जा राज्यमा झन्डै ३ सय वर्षसम्म शासन गरेका गरेको इतिहास छ । खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुई पटक आक्रमण गरी ‘करत राज्य’ बनाएका थिए भने पश्चिमको कुमाउ, गडवालसम्म सिन्जा राज्यको क्षेत्र भएको इतिहास रहेको पाईन्छ ।

पछिल्ले समयमा संबिधान जारी भै पहिलो दोस्रो पटक  निवाचन भई स्थानीय र प्रदेश सरकारबाट मन्दिर निमाण गर्न लाखै रकम खर्च गरेपनि मन्दिर बाहीरको घेरवार र अन्य सुरक्षाको ब्यावस्था नगर्दा मन्दिर भित्र रहेका बहुमुल्य मुक्तिलगाएतका अन्य बहुमूल्य सम्पतिको असुरक्षा  भएको देखिन्छ ।

यस कनका सुन्दरी मन्दिरमा रहेको बहुमूल्य मुक्ति, गरगहना, सम्पति इलाका प्रहरी कार्यालयको रोहोवरमा केही स्थानमा सुरक्षा गरी राअ‍ेका छौं । तर मन्दिर खासै सुरक्षीत देखी दैनन् मन्दिरको चारैतिर खुल्ल रहेको छ । स्थानिय सरकार संग मन्दिरको संरक्षण मर्मत घेरवारको लागी पहल पटक पटक गरिएको भए पनि खासै चारो नदिएको कनका सुन्दरी ब्यवस्थापन समितीका सचिव तारा चन्द्र हमालले बताए ।

इतिहासीक सास्कृतिक सम्पदा बोकेको कनका सुन्दरी मन्दिर र मन्दिर भित्र रहेको बहुमुल्य गरगहना सुरक्षाको लागी दैनिक एक जना पुजारी र एक जना चैकीदारको सहयोगमा सुरक्षा दिइका छन । खासै मन्दिरको ब्यवस्थापनमा सुरक्षा भएको देखीदैनन् बन्दिरको सबै तिर खुल्ला रहेको प्रहरी पनि कहिले पनि मन्दिरमा नआउर्ने मन्दिरको बाहिरीए भागमा खुल्लाहुँदा पशुचौपाए समेत चराउर्ने गर्ने गरेको कनका सुन्दरी मन्दीरका पुजारी दिप उपाध्यायले जानकारी दिए ।

कनका सुन्दरी मन्दिरभित्र रहेको धार्मिक इतिहासीक क्षेत्र भएको हुदा कनका सुन्दरी मन्दिर  बहुमुल्य मूतिको सुरक्षाको लागी ईलाका प्रहरी चौकी रहेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा संग सहकाय गरेर मन्दीरमा प्रहरी बिट राखेर सुरक्षा दिर्ने तयारी गरी रहेको कनका सुन्दरी गाँउपालिकाका अध्क्षय दामोदर प्रसाद आर्चायले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर