काठमाडौँ २३ असार । नेकपा एमालेका कार्यदलको बैठक सकारात्मक दिशातिर उन्मुख भएको छ ।
सिंहदरबारमा जारी कार्यदलको बैठकमा भइरहेको छलफल सकारात्मक भएको कार्यलय दलका सदस्य तथा नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन् । ज्ञवालीले भोली सम्म टुंगोमा पुग्ने जनाएका छन् ।
‘सहमतिको बाटोमा छौं, भोलिसम्म निष्कर्षमा पुग्छौं ।’ ज्ञवालीले भने । लगातार तिन देखि बसिरहेको कार्यदलको बैठक सकारात्मक दिशातिर उन्मुख भएको उनले बताएका छन् ।