एजेन्सी- अमेरिकामा खोप लगाएकाले मास्क लगाउनु नपर्ने भएको छ ।राष्ट्रपति जो बाइडेनले कोरोना महामारपछि लगाईएको स्वास्थ्य मापदण्डलाई केही खुकुलो पार्दै घर, अफिस जस्ता अधिकांश इन्डोर स्थलहरुमा मास्क लगाउन नपर्ने घोषणा गरेका हुन् ।
अमेरिकामा कोरोना विरुद्धको खोपको प्रभावकारीता बढेको र संक्रमण नियन्त्रणतर्फ गएको देखिएको छ ।ह्वाइट हाउसस्थित आप्mनो ओभल अफिसमा आयोजित समारोहमा विपक्षी रिपब्लीकन सांसदहरुको साथमा आफुले लगाएको मास्क खोल्दै बाईडेनले यस्तो सुनाएका हुन् ।
यद्यपी अझैपनि बढि भिडभाड हुने अस्पताल, सार्वजनिक यातायात, हवाई जहाज लगायतका स्थलमा भने मास्कलाई अनिवार्य गरिएको छ ।