काठमाडौँ २३ असार । भन्सार छली गरी ल्याएको ३० लाख बराबरको मोबाइल प्रहरीले बरामत गरेको छ ।
बाराको सिमरा उपमहानगरपालिका २१ स्थित अमलेखगञ्ज सडकबाट भन्सार छली ल्याएको ३० लाख बराबरको मोबाइल इलाका प्रहरी कार्यालय सिमराले बरामद गरेको हो । प्रदेश २-०३-००१ च १४३ नम्बरको बोलेरो गाडीमा ल्याएको उक्त मोबाइलहरु विभिन्न कम्पनिको भएको प्ररहीले जनाएको छ ।
प्ररहीले गाडी मोबाइल तथा चलाक बारा कोल्वी नगरपालिका(४ का पदमबहादुर घिमिरेलाई समेत पक्राउ गरी अनुशन्धान अगाडी बढाएको जनाएको छ ।