काठमाडौं – अमेरकाका खगोलविद्हरुले एउटा क्षुद्रग्रह पृथ्वीको नजिकै भएर गएको बताएका छन् । बीबीसीले जनाए अनुसार एउटा मिनिबस जत्रो आकारको क्षुद्रग्रह वा अन्तरिक्ष चट्टान पृथ्वीभन्दा तीन हजार ६ सय किलोमिटर नजिकसम्म आएर पार भएको हो ।
खगोलविद्हरुले त्यस क्षुद्रग्रहको नाम २०२३ बीयू राखेका छन् ।जुन ग्रहलाई खगोलविद् गेन्नाडी बोरिसोभले अघिल्लो हप्तामात्र फेला पारेका थिए । २०२३ बीयू नाम दिइएको त्यस क्षुद्रग्रहको आकार र त्यसले अघि बढ्न लिइरहेको बाटोका बारेमा थाहा हुन सकेको थियो ।