आठ महिला सहित २८ जुवाडे बौद्धबाट मध्यराति पक्राउ — OSNepal

आठ महिला सहित २८ जुवाडे बौद्धबाट मध्यराति पक्राउ

LC (KTM) July 07, 2021 0

काठमाडौँ २३ असार । बौद्धबाट ८ महिलासहित २८ जना जुवाडेलाई प्ररहीले काठमाडौस्थित बौद्धबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध सिमलटारस्थित वाङचु शेर्पाको साढे तीन तल्ले घरको भुइँ तलामा जुवा र कौडा खेलिरहेको अवस्थामा महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

निजहरुलाई गएराति मंगलबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमाजुवा खेलाउने सोही स्थानमा बस्ने ४० वर्षीय लालबहादुर विक ,धादिङका ३७ वर्षीय मानबहादुर तामाङ, दोलखाका ४१ वर्षीय अशोक घिसिङ, बौद्धका २४ वर्षीय रन्जित खड्गी, कुमारीगालका ३३ वर्षीय अमरबहादुर गुरुङ, रामहिटीका ४७ वर्षीय पुरुषोत्तम चालिसे र रसुवाका २६ वर्षीय प्रकाश घले,कीर्तिपुरका ४२ वर्षीय कृष्णचरण विक रहेका छन् ।

यसैगरी , बूढानीलकण्ठका ३५ वर्षीय दोर्जे शेर्पा, बौद्धका ४९ वर्षीय प्रविन लामा, सिन्धुपाल्चोकका ३६ वर्षीय वाङचु शेर्पा, बौद्धका रिन्जेन लामा, कपनका ३६वर्षीय पासाङ शेर्पा, जोरपाटीका २१ वर्षीय सम्राट लामा र बौद्धका ३८ वर्षीय चन्द्र लामा ,मकवानपुरका ३३ वर्षीय चिनकुमार गोले, बौद्धका ४२ वर्षीय राजन लामा, सिन्धुपाल्चोकका ४१ वर्षीय अशोक गिरी, दोलखाका ३५ वर्षीय विकास तामाङ, चितवनका ४७ वर्षीय जगतबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यसैगरी, पक्राउ पर्ने आठ महिलामा चितवनकी ३५ वर्षीया रेखा गुरुङ, काभ्रे ३८ वर्षीया लक्ष्मी घलान बानिया, काठमाडौं थलीकी २५ वर्षीया गीता लामा, चितवनकी ४२ वषीया ओममाया गुरुङ, गौशालाकी ५० वर्षीया सुशीला श्रेष्ठ, धादिङकी ३० वर्षीया सरिता मल्ला गुरुङ, धादिङकी रन्जिता शाक्य र चितवनकी ३२ वर्षीया शान्ति लामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर