काठमाडौँ २३ असार । नेकपा एमालेको कार्यदलको बैठक सिंहदरबारमा शुरु भएको छ । बिहान बस्ने भनिएको कार्यदलको बैठक अहिले केहि बेर अगाडी मात्र शुरु भएको हो । पार्टी र्सिजना भएको विवाद समाधान गर्न गठित कार्यदलमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षका दोस्रो तहका नेताहरुको सहभागिता रहेको छ ।
बैठकमा नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् भने, यस्तै, ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा, विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, विष्णु रिमाल रहेका छन् ।
सोमबार देखि जारी कार्यदलको बैठकमा पार्टी एकताको विषयलाई लिएर सकारात्मक छलफल भएको जनाइएको छ । केहि बेर अगाडी मात्र नेपालसँग छलफल गरी नेता रावल कार्यदलको बैठकमा सहभागी भएका हुन् । रावल र नेपालको छलफलको कारण बैठक ढिला बसेको हो ।