निगमलाई घाटा भो भन्दै मध्यराति पेट्रोलियम पदार्थको मूल्य वृद्धि, खाना पकाउने एलपी ग्यासँमा २५ रुपैयाँ मुल्यवृद्धि — OSNepal

निगमलाई घाटा भो भन्दै मध्यराति पेट्रोलियम पदार्थको मूल्य वृद्धि, खाना पकाउने एलपी ग्यासँमा २५ रुपैयाँ मुल्यवृद्धि

LC (KTM) July 07, 2021 0

काठमाडौं असार २३ । नेपाल आयल निगमले मंगलबार मध्यरातिबाट लागु हुने गरी पुन एक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमलार्य घाटा लागेको भन्दै मध्यरातिबाट लागु हुन गरि पेट्रोल, डिजल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य वृद्धि गरिएको हो ।

मुल्यवृद्धि भएसँगै अब पेट्रोल प्रतिलिटर १२९,डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ११२,खाना पकाउने एलपी ग्यासमा २५ रुपैया मूल्यवृद्धि गरि विक्री मुल्य १४२५ साथै हवाई इन्धनमा प्रतिलिटर २ रुपैँया वृद्धि भई प्रतिलिटर ८४ पुगेको छ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचीअनुसार घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । निगमका अनुसार मुल्यवृद्धि भएपछि पनि निगमलाई पेट्रोलमा सात रुपियाँ ४५ पैसा, डिजेलमा चार रुपियाँ ३५ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु ३१९ रुपियाँ ३२ पैसा घाटा रहेको निगमले वारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर