काठमाडौँ । बलिउडका दिग्गज कलाकार दिलीप कुमारको निधन भएको छ । दिलीपको ९८ वर्षको उमेरमा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
लामो समयदेखि बिरामी रहँदै आएका यि दिग्गज कलाकारको हिन्दुजा अस्पतालमा उपचारका क्रममा आज बिहान ७ बजेर ३० मिनेटमा निधन भएको आजतकले लेखेको छ । आजतकका अनुसार उनको निधन भएसँगै अहिले चर्चित कलाकारहरु अस्पताल जाने क्रम सुरु भएको छ ।
उनको उपचारमा संलग्न डाक्टर पार्करको निधनभे पुष्टि गरेका हुन् । आजतकका अनुसार ९८ वर्षका यि बरिष्ठ अभिनेताको रेखदेखमा पत्नि सायराले राम्रो रेखदेख गरेकी थिइन् । उनले आफ्नो अटुट माया प्रेमले पनि दिलीपलाई केही समय बचाउन सफल भएको भन्दै भारतीय मिडियाले प्रशंसा गरेको छ ।
यो पनि : युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज इंग्ल्यान्ड र डेनमार्कबिच प्रतिस्पर्धा हुने, बिजेताले इटालीसँग उपाधिका लागि भिड्ने : युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज इंग्ल्यान्ड र डेनमार्कबिच प्रतिस्पर्धा हुनेछ । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज राति १२:४५ बजे सुरु हुनेछ ।
आजको खेलमा इंग्ल्यान्ड र डेनमार्क जित निकाल्दै फाइनलमा जाने लक्ष्य सहित मैदान उत्रिनेछन् । आजको बिजेताले उपाधिका लागि इटालीसँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्ड क्वाटरफाइनलमा युक्रेनमाथि ४-० गोलको सानदार जित निकाल्दै अन्तिम चारमा पुगेको हो । यस्तै राउण्ड अफ १६ मा इंग्ल्यान्डले उपाधि दाबेदार जर्मनीलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।
आज नै सम्पन्न अर्को खेलमा इटाली सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ । तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबलको फाइनलमा प्रवेश गरेर सबैलाई आश्चर्यमा पारेको छ ।
गएराती सम्पन्न खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो । स्पेनलाई हराएर घर पठाएको इटालीले उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको निर्धारित समयमा दुवै टिमले १९१ गोलको बराबरी खेलेपछि पेनाल्टी सुटआउटमा ४९२ गोल अन्तरले स्पेन पराजित भयो । पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे भने स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे ।