अभिनेता नवाजुद्दीनकी श्रीमती आलिया विरुद्ध आमाले गरिन् उजुरी दर्ता, सम्पत्तिलाई लिएर हुने गर्थ्यो झगडा — OSNepal

अभिनेता नवाजुद्दीनकी श्रीमती आलिया विरुद्ध आमाले गरिन् उजुरी दर्ता, सम्पत्तिलाई लिएर हुने गर्थ्यो झगडा

LC (KTM) January 25, 2023 0

एजेन्सी । चर्चित भारतीय अभिनेता नवाजुद्दीन सिद्दिकीकी श्रीमती विरुद्ध नवाजुद्दीनकी आमा अर्थात उनकी सासुले उजुरी दर्ता गरेकी छन् । भारतिय मिडियाले जनाए अनुसार मेहरुनिसा सिद्दिकीले आफ्नी बुहारी आलिया विरुद्ध उजुरी गरेकी हुन् ।

यी दुई सासु र बुहारी बिच सम्पत्तिलाई लिएर विवाद भइरहने गरेको बताइएको छ । सम्पत्तिलाई लिएर मेहरुनिसा र आलिया बीच चर्को झगडा भएपछि मेहरुनिसा प्रहरीको मा पुगेर आलियाविरुद्ध उजुरी दर्ता गरेको समाचारमा उल्लेख छ ।आलियाले नवाजको परिवारमाथि आफूलाई कुटपिट गरेको आरोप समेत लागेको बताइएको छ ।

सन् २०२१ मा आलियाले नवाजुद्दीनसँग सम्बन्धविच्छेद गर्ने निर्णय परिवर्तन गरिन् । यो विषयले पनि भारतिय मिडिया खुबै गर्माएका थिए । पछि उनले नवाजको व्यवहारमा धेरै परिवर्तन आएको भन्दै सम्बन्धविच्छेद नगर्ने निर्णय गरेको बताएकी थिइन् । नवाजुद्दीन र आलियाका दुई सन्तान छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर