काठमाडौं । हरिवंश आचार्य अहिले करोडपति अभिनेताको सूचिमा पर्छन् । उनले कार मात्रै ९० लाख रुपैयाँ खर्च गरेर किनेका छन् । कार्बन तटस्थ जीवन बाँच्ने घोषणा गरेका अभिनेता हरिवंश आचार्यले हिंड्डुल र यातायातलाई पनि वातावरणमैत्री बनाउन भन्दै उनले बीवाईडी ब्राण्डको एट्टो–३ कार उनले खरिद गरेको कारको तस्विर अहिले सर्वत्र चर्चाको विषय बनेको छ ।
बीवाईडी ब्राण्डको एट्टो–३ कारको ब्राण्ड एम्बास्डर समेत रहेका कलाकार हरिवंशले बिजुली खपत गरौं भन्ने सन्देश दिन इलेक्ट्रिक गाडी रोजेको बताए । आठ वर्षसम्म स्कार्पियो गाडी चढ्दै आएका उनले बिजुली खपत गर्नुपर्छ भन्ने सन्देश दिन आँफुले यो कदम चालेको समेत स्पस्ट पारे ।
बिजुली खपतको सन्देश दिन हरिवंशले विद्युत प्राधिकरणसँग मिलेर टेलिसिरियल ‘झिलिमिली’मा अभिनय गर्दैछन् । जसको छायांकन आगामी आइतबारदेखि सुरु हुँदैछ । महसञ्चारले निर्माण गर्न लागेको सिरियलले ‘चुल्होमा, सिंचाइमा र गाडीमा बिजुली खपत कसरी गर्न सकिन्छ भन्ने सन्देश दिने उनले बताए ।