बजेट कुम्ल्याउन एउटै सडकमा वर्षेपिच्छे कालोपत्रे — OSNepal

बजेट कुम्ल्याउन एउटै सडकमा वर्षेपिच्छे कालोपत्रे

LC (KTM) July 07, 2021 0

बारा । कलैया उपमहानगरपालिकाले निर्माण गर्न लागेको सडकको निर्माण कार्यलाई स्थानीय र राजनीतिक दलहरुले रोकेका छन्।
वर्षैपिच्छे लाखौं रुपैयाँ खर्च गरे पनि सडक राम्रो नबनाइएको र अहिले पनि सडक निर्माणको नाममा खर्च गर्न लागिएको ९५ लाख रुपैयाँ कमिशनमै भाग बण्डा गर्न लागिएको आरोप लगाउँदै सडकको निर्माण कार्य सोमबार राती रोकिएको हो।

कलैया उपमहानगरपालिकाले कलैयाको मुख्य बजार क्षेत्रमा रहेको भरतचौकदेखि राजदेबी मन्दिर जाने सडकको निर्माणको नाममा वर्षेपिछे सडक बोडको लाखौ बजेट रकम खर्च गर्दै आएको आरोप सविधान सभा सदस्य प्रमोद गुप्ताले लगाए।

३०० मिटर लामो सो सडक निर्माणको नाममा सडक बोर्डको वर्षेनि रकमलाई त्यसमा खर्च गरिँदै आए पनि सडक राम्रो बनाउनुको साटो बजेट रकमलाई कमिशनमै सिध्याउने गरेकोले राम्रो सडक बनाउनको लागि विरोध गरिएको गुप्ताले बताए।यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।‘अहिले पनि त्यही सडकमा सडक बोर्डको ५० लाख र प्रदेश सरकारले दिएको ४५ लाख गरेर ९५ लाख खर्च गरिन लागिएको छ,’ गुप्ताले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर