सभापति देउवाद्वारा कुँवरको निधनप्रति दुःख व्यक्त — OSNepal

सभापति देउवाद्वारा कुँवरको निधनप्रति दुःख व्यक्त

LC (KTM) July 06, 2021 0

काठमाडौँ, २२ असार- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वआमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँको काठमाडौंँ, त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा सोमबार निधन भएको हो । पूर्वप्रधानमन्त्री देउवाले आज शोेक विज्ञप्तिमार्फत नेपाल टे«ड युनियन कांग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष कुँवरको निधनको खबरले आफूलाई अत्यन्तै दुःखित तुल्याएको जनाउँदै उहाँप्रति श्रद्धाञ्जलिका साथ शोकाकुल परिवारजनमा दल र आफ्नातर्फबाट समवेदना व्यक्त गर्नुभएको छ ।

कुँवर स्थानीय तह निर्वाचन २०७४ सालमा पार्टीका तर्फबाट पोखरा महानगरपालिकाका प्रमुखका उम्मेदवारसमेत हुनुहुन्थ्यो । कुँवरले कांग्रेसको संगठन निर्माण, नेपालको लोकतान्त्रिक आन्दोलन र नेपालको श्रमिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट पार्टी र नेपालको ट्रेड युनियन आन्दोलनमा अपूरणीय क्षति पुगेको पार्टी कार्यालयले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर