युरोकप फुटबलको आजको खेल फाईनल बराबर, ३३ खेलमा आमने सामने भएका ईटाली र स्पेनको ईतिहास हेर्दा स्पेनको पल्ला भारी — OSNepal

युरोकप फुटबलको आजको खेल फाईनल बराबर, ३३ खेलमा आमने सामने भएका ईटाली र स्पेनको ईतिहास हेर्दा स्पेनको पल्ला भारी

LC (KTM) July 06, 2021 0

युरोकप फुटबलमा आज पहिलो सेमिफाईनल खेल हुदैछ । तर आजको यो सेमिफाईनल खेल फाईनल बराबर हुने अनुमान गरिएको छ । उपाधीको प्रमुख दाबेदार टिम ईटाली र स्पेनको फाईनल अघि नै भेट पक्का हुनु लाई खेलप्रेमीहरुले दुर्भाग्यको संञ दिएका छन् ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने इटाली र स्पेनबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । दुबै टोली फाईनलमा स्थान बनाउनका लागि आज एकदमै खटेर खेल्नेछन् । इटालीले फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई २-१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो ।

तीन पटकको च्याम्पियन स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गरेको थियो । इटाली र स्पेनबीच हालसम्म ३३ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा स्पेनले १२ खेल जितेको छ । १२ खेल बराबरीमा सकिदा ९ खेल इटालीले जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर