यिनै हुन झापाबाट ब्राउन सुगरसहित समातिएका अजय र सन्तोष — OSNepal

यिनै हुन झापाबाट ब्राउन सुगरसहित समातिएका अजय र सन्तोष

LC (KTM) January 23, 2023 0

झापा, ९ माघ-जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषध ब्राउनसुगर तीन जनालाई पक्राउ गरेको छ ।

चारआलीबाट बुधबारेतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटो चेकजाँच गर्दा लुकाएर ल्याउँदै गरेको ब्राउनसुगर जस्तो लिसाइलो पदार्थसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरूलाई ५ ग्राम ११० मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा बुद्धशान्ति(३ बस्ने अजय तामाङ, सन्तोष राजवंशी र अर्का एक जना रहेका छन् । तामाङ अटो चालक हुन भने राजवंशी र अन्य एक जना अटोमा सवार थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर