भारत र पाकिस्तानको युद्ध अब फिल्मको पर्दामा , अजयले निर्माण गरेको भुज– द प्राइड अफ इण्डियाको रिलिज डेट तोकीयो — OSNepal

भारत र पाकिस्तानको युद्ध अब फिल्मको पर्दामा , अजयले निर्माण गरेको भुज– द प्राइड अफ इण्डियाको रिलिज डेट तोकीयो

LC (KTM) July 06, 2021 0

कोरोनाको महामारी बिस्तारै सेलाउदै गएपछि बलिउड अब फेरी लयमा फर्कदैछ । बलिउडका बनिसकेका फिल्महरुले रिलीज डेट तोकीरहेका छन् भने शुटिंग बिचमै रोकीएका फिल्महरु शुटिंगको तयारीमा जुटिसकेका छन् । बलिउड अभिनेता अजय देवगनको चलचित्र प्रतिक्षित फिल्म ‘भुज– द प्राइड अफ इण्डिया’ को रिलिज मिति पनि तय भएको छ ।

यो चलचित्र भारतको स्वतन्त्रता दिवस अगस्ट १३ मा ओटीटी प्लेटफर्म मार्फत रिलिज हुन लागेको हो । डिज्नी प्लस हटस्टार बीआईपीमा रिलिज हुनेछ । अजयको यो डिजिटल माध्यम बाट प्रशारण हुन लागेको पहिलो फिल्म हो ।

भारत र पाकिस्तान बीचको युद्धमा आधारीत यस फिल्ममा अजय देवगन सहित सञ्जय दत्त, सोनाक्षी सिन्हा, एमी विर्क, नोरा फतेही र शरद केल्कर पनि महत्त्वपूर्ण भूमिकामा देखिने भएका छन् । अजयले आज आफ्नो ट्टिर ह्याण्डल बाट चलचित्रको मोसन पोष्टर शेयर गर्दै यस रिलिज डेट सार्वजनीक गरेका हुन् ।

चलचित्र सत्य कथामा आधारीत छ

सन् १९७१ मा जब भारत र पाकिस्तान बीच युद्ध भएको थियो सोही बेलाको घटनालाई फिल्मको पर्दामा उतार्ने प्रयास गरिएको छ । उक्त युद्धमा भएका अत्यन्तै साहसीक र सत्य घटना यस चलचित्रमा समाबेश गरिएको मोसन पिक्चर बाट पनि प्रष्ट बुझ्न सकिन्छ । अजय यस चलचित्रमा भुज एयरपोर्टका इन्चार्ज तथा भारतीय बायु सेनाका लिडर बिजय कार्णिकको भुमीकामा देख्न सकिने बताइएको छ ।

१९७१ मा जब पाकिस्तानले अपरेशन चंगेज खान सुरु गरेको थियो त्यतिबेला १४ दिनमा पाकिस्तानले भुज एअरफिल्डमा ९२ वटा बम र २२ वटा रकेटबाट आक्रमण गरेको थियो । युद्धका बेला एअरबेस ध्वस्त भएपछि विजयले नजिकै माधापुर गाउँका ३०० महिलालाई साथमा लिएर एअर बेस तयार गरेको घटनालाई एकदमै मार्मिक ढंगबाट फिल्ममा देखाउन खोजीएको छ ।

हाल मोसन पोष्टर मात्र सार्वजनिक गरिए पनि चलचित्रको ट्रेलर जुलाई १२ मा रिलिज गरिने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । अजय आफैले यस फिल्मको निर्माण गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर