ताप्लेजुङमा घरछेउकै भिरबाट लडेर फेम्जुले ज्या न गुमाए , परिवारमा रुवाबासी — OSNepal

ताप्लेजुङमा घरछेउकै भिरबाट लडेर फेम्जुले ज्या न गुमाए , परिवारमा रुवाबासी

LC (KTM) July 06, 2021 0

ताप्लेजुङ- ताप्लेजुङको मेरिङदेन गाउँपालिका—२ सान्थाक्राकामा आज दिउँसो एक पुरुषको भिरबाट लडेर मृ त्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षका फेम्जु शेर्पा हुनुहुन्छ । घरछेउको भिरबाट करीब २० मिटर तल लडेर झर्दा शेर्पाको मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता शैलाशकुमार अधिकारीले जनाकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

लोकमार्गकै कनकाई पुलमा खाल्डैखाल्डा- नेपालको लामो पुलमध्येको पूर्व—पश्चिम लोकमार्गको कनकाई पुलमा खाल्डैखाल्डो परेको छ । बेलैमा मर्मत नहुँदा सवारी आवतजावतमा समस्या हुन थालेको छ । झापाको कनकाई र शिवसताक्षी नगरपालिकाको सीमामा रहेको कनकाई नदीको सो पक्की पुल ७०३ मिटर लामो छ । पुलको पश्चिम भागतिर साना र ठूला गरी २८ वटा खाल्डा छन् ।

दैनिक हजारौं सवारी साधन गुड्ने मुख्य लोकमार्गको यति महत्वपूर्ण पुलको बेलैमा मर्मत नगरिनु लापर्वाही भएको र कुनै पनि बेला दुर्घटना हुनसक्ने सम्भावना छ । सडक डिभिजन कार्यालय दमकका प्रमुख रमेश पौडेललाई कनकाई पुलको अवस्था बारेमा ध्यानाकर्षण गराउँदा चाँडै मर्मत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । हाल पूर्व—पश्चिम लोकमार्गकै रतुवा पुलमाथि परेका खाल्डाखुल्डी पुर्ने काम भइरहेको उहाँले बताउनुभयो ।

सडक तथा पुल मर्मतका लागि चालु आर्थिक वर्षमा रु १० करोड बजेट आएको उहाँले जानकारी दिनुभयो । यो पुल विसं २०२८ तिर बनेको हो । केही वर्ष अघिसम्म यो पुल नेपालकै सबैभन्दा लामो मानिन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर