तनहुँमा पहिरोमा परी मृत्यु भएकाको परिवारलाई राहत वितरण — OSNepal

तनहुँमा पहिरोमा परी मृत्यु भएकाको परिवारलाई राहत वितरण

LC (KTM) July 06, 2021 0

दमौली, २२ असार – वर्षासँगै आएको पहिराबाट मृत्यु भएका तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङका पीडित परिवारलाई प्रदेश सरकारको तर्फबाट राहत वितरण गरिएको छ । यही असार १७ गते आएको पहिरामा परी मृ त्यु भएकाका परिवारलाई गण्डकी प्रदेश सरकारको तर्फबाट राहत वितरण गरिएको हो ।

पहिरामा परी उक्त ठाउँका ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया सर्किनीको मृ त्यु भएको थियो । आज पीडितको घरमै पुगी गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री हरिबहादुर चुमानले रु ५० हजारका दरले राहत रकम प्रदान गर्नुभएको छ । सो क्रममा पूर्वमन्त्री चुमानले मृतक थापाका आफन्त सूर्यबहादुर थापामगर र मृतक सर्किनीका आफन्त जुनबहादुर बस्याललाई राहत रकम हस्तान्तरण गर्दै प्राकृतिक विपत्तिलाई रोक्न नसकिने भएपनि पूर्वतयारी अपनाउनुपर्नेमा जोड दिनुभयो ।

मृतकका परिवारलाई सङ्घीय सरकारका तर्फबाट पनि केही दिनभित्रै रु दुई लाख सहयोग प्रदान गरिने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । पहिराबाट जिल्लामा दुई जनाको मृत्यु भएको र १३ जना घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर