आज मात्रै काठमाडौँ उपत्यकामा ४९९ सङ्क्रमित थपिए — OSNepal

आज मात्रै काठमाडौँ उपत्यकामा ४९९ सङ्क्रमित थपिए

LC (KTM) July 06, 2021 0

काठमाडौँ- नेपालमा थप दुई हजार ६३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या छ लाख ८७ हजार १९५ पुगेको छ । थप सात हजार ५०३ जनाको पिसिआर परीक्षण तथा पाँच हजार ८२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पिसिआर विधिबाट एक हजार ७१८ तथा एन्टिजेनबाट ९१६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म छ लाख १२ हजार ९९४ जना कोरोनाबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ५६५ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

काठमाडौँ उपत्यकामा ४९९ सङ्क्रमित थपिए -काठमाडौँ उपत्यकामा पछिल्लो समय ४९९ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३६५, ललितपुरमा १०५ तथा भक्तपुरमा २९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पन्ध्र सङ्क्रमितको मृ त्यु -पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप १५ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार २६३ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर