सुहाना थापा, धिरज मगर र विपिन कार्कीलाई अब एउटै चलचित्रमा देख्न पाइने — OSNepal

सुहाना थापा, धिरज मगर र विपिन कार्कीलाई अब एउटै चलचित्रमा देख्न पाइने

LC (KTM) January 23, 2023 0

काठमाडौं । अभिनेत्री झरना थापाले निर्देशन गर्ने चलचित्र ‘भगवत् गीता’ मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् । निर्माण टिम र अभिनेता कार्कीबीच औपचारिक रुपमा लिखित सम्झौता भएको हो । निर्माण पक्षका अनुसार यस चलचित्रमा यसअघि अभिनेत्री सुहाना थापा र अभिनेता धिरज मगर छनोट भइसकेका छन् ।

चलचित्रमा सुहाना र धिरजलाई जोडीका रुपमा प्रस्तुत गरिने जनाइएको छ । ‘भगवत् गीता’ कृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको थियो । सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिलकुमार थापा प्रोडक्सनको ब्यानरमा निर्माण हुने यो चलचित्रको छायांकन सा्रर्य दैनिकमा खबर छ । दार्चुला, जनकपुर र काठमाडौंमा छायांकन गरिने निर्माण पक्षले जनाएको छ । माघ २० गतेदेखि छायांकनमा जाने यो चलचित्र सञ्जय लामाले खिच्ने छन् भने साहिल खानले सम्पादन गर्ने छन् । आउँदो वैशाख १ गते यो चलचित्र प्रदर्शन हुने तयारीका साथ काम अघि बढेको निर्माण पक्षले जनाएको छ ।

यो पनि : प्रदेश मन्त्रालय घटाउँदैछौँ, खर्चभार कटौती गर्दैछौँः प्रधानमन्त्री:काठमाडौं, ९ माघ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कतौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका छन् ।

सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले भने, ‘‘प्रदेशहरू आफैमा स्वायत्त तह हुन्। उनीहरूले कसरी काम गर्ने भन्ने कुरा संविधानमा नै प्रष्ट छ। त्यसमा केन्द्रले अनावश्यक हस्तक्षेप गर्नु हुँदैन, हामीले गर्दैनौँ पनि। तर, प्रदेशका संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको, वित्तीय सुशासन कायम हुन नसकेको जनगुनासोबारे हामी सचेत छौँ। तर, यसलाई पारदर्शी र मितव्ययी बनाउन जरूरी छ।’

आफूले सत्ता साझेदार दलको बैठक प्रदेशलाई चुस्त बनाउने र वित्तीय सुशासन कायम गर्ने प्रस्ताव गरेको उनले सुनाए । ‘त्यसमा एमाले अध्यक्ष केपी शर्मा ओलीजी लगायत सबै नेताहरू सहमत हुनुभएको छ। हामीले प्रदेशमा सांसद संख्याको १० प्रतिशत मात्र मन्त्री बनाउने निर्णय गरेका छौँ। सोहीअनुसार केही प्रदेशहरूले मन्त्रालयको संख्या घटाइ पनि सकेका छन्। यसले वित्तीय अनुशासन र सुशासन कायम गर्नेछ, प्रदेशप्रति जनमानसमा देखिएका गुनासोहरू सम्वोधन हुनेछन्,’ प्रचण्डले भने ।

प्रधानमन्त्रीले प्रदेशहरूले नीतिगत र स्थानीय साधनस्रोतको अधिकतम परिचालनमा प्रतिस्पर्धा गर्नुपर्ने बताए । ‘हामीकहाँ अथाह साधनस्रोत र सम्भावना छ। तर, प्रदेशहरू केन्द्रप्रति निर्भर हुनेजस्तो अवस्था अन्त्य गर्नुपर्छ। त्यसका लागि प्रदेशहरू नीतिगत प्रबन्ध, सुशासन, चुस्त व्यवस्थापन र स्थानीय साधनस्रोतको अधिकतम उपयोग र परिचालन गर्न प्रतिस्पर्धा गर्नुपर्छ। प्रदेशहरूमा राम्रो गरेपछि केन्द्रीय तहमा नेतृत्व गर्ने संस्कृतिका लागि हामी गम्भीर हुनुपर्छ,’ उनले भने ।

प्रधानमन्त्रीले आफू छिटै राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला योजनाहरूको स्थलगत निरीक्षणमा निस्किने बताए। ‘म छिटै राष्ट्रिय गौरवका आयोजना र ठूला आयोजनाको निरीक्षणमा निस्किँदैछु। यसरी मात्र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकता हासिल गर्न सकिन्छ। त्यसका लागि आवश्यक तयारी गर्नुहोला,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर