बिगबोस सिजन १४ की प्रतियोगि तथा टिभी एक्ट्रेस जैस्मिन भसीन सामाजिक सञ्जालमा सधै सक्रिय रहन्छिन् । आफ्नो प्रेम जिवनलाई लिएर पनि उनी घरी घरी चर्चामा आईरहन्छिन । तर यसपाली भने उनी सामाजिक सञ्जाल बाट नभई एउटा कन्फेशनबाट पुनः चर्चामा आएकी छिन् ।
उनले कन्फेशनमा आफु धेरै ठाउँमा रिजेक्ट भएपछि मनमा आत्महत्याको कुराहरु खेल्ने गरेको बताएकि छिन् । उनले यो एक अन्र्तबार्तामा खुलासा गरेकी हुन् । उनले यस कुराको ख्याल बाट कसरी मुक्त भईन भन्ने पनि बताएकी छिन् । उनले आफ्नो जिवनमा यस्तो अध्यारा दिनहरु पनि थिए जब उनी मुम्बईमा संघर्ष गरिरहेकी थिईन् । उनले बताएकी छिन् कि यो लडाई मेरो आफ्नै थियो ।
किनकी म आफु कतै न कतै आत्मबिश्वास गुमाईरहेकी थिए । उनले आफु राम्री नभएकै कारण हरेक ठाउँमा रिजेक्सनको शिकार हुन पुगेको त्यतिबेला अनुभव हुने गरेको बताईन् । तर यो समस्या बाट उनी मुक्त भईन् । मुक्त कसरी भईन भने उनले आफैलाई माया गर्न सिकिन् । सबैभन्दा पहिलो कुरा यो आफै संगको लडाई आफैले जित्नु थियो भन्ने उनलाई लागेको थियो ।
उनले सबैलाई कोशीस जारी राखे एक दिन अवश्य सफलता मिल्छ भन्ने कुरामा बिश्वस्त रहन आग्रह समेत गरेकि छिन् । जस्मिनले धेरै टिभि रियालिटी शो मा भाग लिएकि छिन् । बिगबोस , खतराके खिलाडी लगायतका रियालिटी शोमा भाग लिईसकेकी छिन् । उनले टशन ए इश्क, दिल से दिल तक नागिन जस्ता टिभि सिरीयलहरुमा देखिसकेकि छिन् ।