४ लाख ६१ हजार ४ सय १५ जनालाई निशुल्क मास्क वितरण — OSNepal

४ लाख ६१ हजार ४ सय १५ जनालाई निशुल्क मास्क वितरण

LC (KTM) July 06, 2021 0

काठमाडौं, २२ असार -विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय १२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ४ सय १६ वटा गाडी र ९६ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ३ सय १६ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ६१ हजार ४ सय १५ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड(१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १८ जनालाई कोभिड(१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा १ हजार ८ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा ४ सय ४७ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।

साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ४४ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत २ हजार २ सय ५८ जनालाई सचेत गराइएको छ ।निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर