शुक्रबारदेखि थाङपालकोटमा हाटबजार सञ्चालनमा — OSNepal

शुक्रबारदेखि थाङपालकोटमा हाटबजार सञ्चालनमा

LC (KTM) January 22, 2023 0

सिन्धुपाल्चोक-स्थानीय उत्पादनको बजारीकरणका लागि हिमाली गाउँ पाँचपोखरी थाङपाल गाउँपालिका–४ थाङपालकोटमा हाटबजार सुरु गरिएको छ । मानेखर्क महिला साना किसान कृषि सहकारी संस्था थाङपालकोटले शुक्रबारदेखि थाङपालकोटमा हाटबजार सञ्चालनमा ल्याएको हो ।

प्रत्येक शुक्रबार रैथानेश्वरी मन्दिर बजार केन्द्रमा हाटबजार मेला सुरू गरिएको सहकारीका अध्यक्ष सार्की डोल्मा तामाङले जानकारी दिनुभयो । सेरच्यु बरलो साना किसान कृषि सहकारी संस्था भोताङले वडा नं ३ मा गत वर्षदेखि नै हाटबजार व्यवस्थापन गरिरहेको छ । हाटबजारले मुद्रा विनिमयसँगसँगै वस्तु विनिमय गरी एकअर्काको सामान साटासाट र खनखाँचो टार्नसमेत सहज बजाउने आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले बताउनुभयो ।

वडाध्यक्ष कुलबादुर बस्नेतले आमा दिदीबहिनीले आफ्नै परिश्रमको उत्पादनलाई बजारसम्म पु¥याइ नगद आर्जन गर्न र उपभोक्ताले सस्तोमा स्वच्छ, ताजा अग्र्यानिक उत्पादनको उपभोग गर्न सहज हुने विश्वासका साथ निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो । आर्साे नेपालले टिजिएचको सहयोगमा रैथानेश्वरीमा निर्माण गरेको यो बजार केन्द्रको अधिकतम् उपयोग भई स्थानीय समुदायको आर्थिक उपार्जनमा थप सहयोग पुग्ने विश्वास संस्थाले लिएको परियोजना संयोजक तामाङले बताउनुभयो । आफ्नै आँगनमा स्थानीय उत्पादन खरिद बिक्री गर्न पाएकामा स्थानीय सुर्दशन साकोटाले खुसी व्यक्त गर्नुभयो ।

उत्कृष्ट युवा किसान सम्मानित-सिन्धुपाल्चोकका कुमार आचार्य उत्कृष्ट युवा तथा महिला किसान कार्यक्रमबाट सम्मानित हुनुभएको छ । उदार स्वयंसेवक आबद्ध सामाजिक संस्था नेपालद्वारा आयोजित एक कार्यक्रमबीच आचार्य सम्मानित हुनुभएको हो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न जिल्लाका ५० युवा सम्मानित हुनुभएको थियो । आचार्य सिन्धुपाल्चोकमा मिश्रित पशुपालन तथा कृषि फार्म सञ्चालन गर्दै आइरहनुभएको छ । उहाँले सिताके च्याउ, गाईपालन, कागती खेती, आलुखेतीलगायत कृषिसम्बन्धी काम गर्दै आइरहनुभएको छ । आचार्यलाई उत्कृष्ट युवा उद्यमीको सम्मान दिइएको हो ।

तथ्याङ्क सङ्कलन-पाँचपोखरी थाङपाल गाउँपालिका–६ मा राष्ट्रिय एकीकृत विपद् सूचना व्यवस्थापन प्रणाली सञ्चालन तथा व्यवस्थापनका लागि तथ्याङ्क सङ्कलन सुरु गरिएको छ । वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता नारायण भट्टराई, गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीको उपस्थितमा वडा नं ६ स्यालेबाट डाटा सङ्कलनको काम सुरु गरिएको हो । आर्थिक वर्ष २०७९÷८० मा पाँचपोखरी थाङपाल–६ बाट डाटा सङ्कलन तथा डिजिटल घरधुरी नम्बर प्रदान गरिएको वडाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

कम्प्युटर र टेलिभिजन हस्तान्तरण-विश्व समावेशी साहसी संस्थाले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका दुई विद्यालयमा सहयोग गरेको छ । संस्थाले गाउँपालिका–८ लप्सेको सरस्वती आधाभुत विद्यालय र वडा नं ७ तिपेनीको क्षेत्रपालेश्वरी माध्यमिक विद्यालयमा टेलिभिजन र कम्प्युटर हस्तान्तरण गरेको संस्थाका अध्यक्ष माया गुरुङले जानकारी दिनुभयो । क्षेत्रपालेश्वरीमा १० थान कम्प्युटर र सरस्वती आधारभूत विद्यालयमा थान टेलिभिजन वितरण गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर