गायक आशिष सचिन 'नातिकाजी राष्ट्रीय नवप्रतिभा पुरस्कार २०७८' बाट सम्मानित — OSNepal

गायक आशिष सचिन ‘नातिकाजी राष्ट्रीय नवप्रतिभा पुरस्कार २०७८’ बाट सम्मानित

LC (KTM) January 21, 2023 0

काठमाडौँ । गायक आशिष सचिन नातिकाजी राष्ट्रीय नवप्रतिभा पुरस्कार २०७८ बाट सम्मानित सम्मानित भएका छन् । राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा शुक्रबार आयोजित ‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०७८’मा राष्ट्रपति विद्यादेवी भण्डारीले गायक तथा मोडल सचिनलाई उक्त पुरस्कार प्रदान गरेकी हुन् ।

गायन र अभिनय सँगसँगै समाजसेवामा पनि सक्रिय आशिषका ‘दारी फुल्यो बैंसैमा’सँगै ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’लगायतका गीत लोकप्रिय छन् । आशिषको गीत दारी फुल्यो वैँशैमा चस्मा लाउँछौ पावर युट्युवमा करिब १० करोड पटक हेरिएको छ ।

सो अवसरमा मनबहादुर मुखिया, दीप तुलाधर, दीपा नारायण झा, प्रदीपराज पाण्डे, फणिन्द्र राई, विके राना, कन्हैया सिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान–२०७८’ प्रदान गरिएको थियो । यस्तै, एकनारायण भण्डारी, कालीप्रसाद बासकोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई ‘नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार–२०७८’ प्रदान गरियो ।

यसैगरी, देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले र अस्मिता अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७८’ प्रदान गरिएको कार्यक्रममा सङ्गीत गुरु चन्दनकुमार श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार–२०७८’, लोक गायिका देवी घर्तीलाई ‘नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार’ र रविन कार्कीढलीलाई ‘नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार’ दिइयो ।

कार्यक्रममा पत्रकारद्धय कुवेर गिरी र डब्बु क्षेत्रीले पनि ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ प्राप्त गरेका थिए । कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाले नेपाली सङ्गीतको मौलिक सिर्जनाका क्षेत्रमा नातिकाजीको अतुलनीय योगदानको रहेको चर्चा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर