जापानमा पहिरोमा परी मृ त्यु भएकाप्रति राष्ट्रसंघीय महासचिवद्धारा दुःख व्यक्त — OSNepal

जापानमा पहिरोमा परी मृ त्यु भएकाप्रति राष्ट्रसंघीय महासचिवद्धारा दुःख व्यक्त

LC (KTM) July 06, 2021 0

संयुक्त राष्ट्रसंघ २२ असार – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले जापानमा हालै आएको बाढी र पहिरोमा परी नागरिकको ज्या न गएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।राष्ट्रसंघीय महासचिव गुटर्रेसका प्रवक्ताले सोमबार एक विज्ञप्तिमार्फत् सो कुराको जानकारी दिनुभएको छ । उहाँले महासचिव गुटर्रेसले सो घटनाले आफूलाई दुःखी बनाएको बताउनुभएको प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकद्धारा जारी सो विज्ञप्तिमा महासचिव गुटर्रेसले उक्त पहिरोमा परी ज्या न गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ र घाइतेहरुहरुको स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ ।

यस्तो अप्ठेरो परिस्थितिमा महासचिव गुटरेसले आपूm र संयुक्त राष्ट्रसंघ जापान सरकार र जापानी नागरिकको पक्षमा रहेको पनि बताउनुभएको छ । जापानको आतमी प्रिफेक्चरमा हालैको अविरल वर्षा र त्यसपछिको पहिरोमा परी दुई जनाको निधन भएको थियो भने अरु २० जना अहिले पनि हराइरहेका छन् । तीन दिनअघिको सो पहिरोमा परी हराएका व्यक्ति अब भने भेटिने आश नरेको जापानको उद्धारकर्ताहरुले जनाएका छन् । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर