मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्यमा फेरि समस्या — OSNepal

मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्यमा फेरि समस्या

LC (KTM) July 06, 2021 0

काठमाडौं–मोडल तथा कलाकार निशा घिमिरेको स्वास्थ्यमा समस्या देखिएको छ ।सोमबार निशाको मुखबाट रगत बगेको बताइएको छ । मंगलबार भने रगत बग्न केही कम भएको उनका पिता प्रेम घिमिरेले बताए ।

त्योबाहेक उसको स्वास्थ्यमा कुनै समस्या नदेखिएको र डाक्टरहरुको निगरानीमा राम्रो उपचार भइरहेको बताइएको छ । अस्पतालका डा। पंकज जलानको नेतृत्वको टिमले निशालाई ह्विलचेयर थेरापी, म्युजिक थेरापीलगायतका विभिन्न विधिबाट उपचार गरिरहेको छ ।

निशालाई अहिले पाइपबाट खाना खुवाइरहेको बताइएको छ । प्रेमका अनुसार निशा समय–समयमा बोल्न पनि खोज्छिन् । निशा तीन वर्ष अघि भारतको देहरादुनमा सडक दुर्घटनामा परेकी थिइन् ।

त्यहाँ प्रारम्भिक उपचार पछि उनलाई काठमाडौंको ट्रमा सेन्टर ल्याइएको थियो ।शाले झण्डै तीन दर्जन हाराहारीमा भिडियोमा अभिनय गरेकी छन् । उनले फिल्म ‘मधेशीपूत्र २’ र टेलिफिल्म ‘डियर जिन्दगी’मा अभिनय गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर