काठमाडौँ २२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तरी जिल्लाको राजविराजमा बन्न लागेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज मंगलबार शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट प्रतिष्ठानको उद्घाटन गरेका हुन् ।
उद्घाटन पछि ओलीले ऐतिहासिक महत्व बोकेको सप्तरी जिल्ला पछाडि नहुने बताएका छन् । आफु पहिलोपटक सुरु गरेको हुलाकी राजमार्ग, निकट भविष्यमा सञ्चालन हुने पूर्वपश्चिम रेल र निर्माणाधीन सुनकोशी मरिन डाइभर्सनले सप्तरीको समृद्धिमा थप आयाम थप्ने समेत बताएका छन् ।
रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सर्वाधिक ठूलो परियोजना भएको बताएका ओलीले सबै जनता मिलेर देशको विकाश गर्नु भन्दै देशभित्र रोजगारीका अवसरहरू सृजना गर्दै छोराछोरीलाई विदेश पठाउने काम रोक्नु पर्छ भनेका छन् ।