काठमाडौँ २२ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वर पुगेका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जली दिन जनकपुर पुगेका प्रचण्ड सिधैँ कोटेश्वर पुगेका हुन् ।
नेकपा एमालेको पार्टी एकताको लागि कार्यदलको बैठक जारी रहँदा प्रचण्ड र नेपालको भेटलाई गम्भिर रुपमा लिइएको छ ।