घरजग्गा राजस्व १३६ प्रतिशत कम — OSNepal

घरजग्गा राजस्व १३६ प्रतिशत कम

LC (KTM) January 20, 2023 0

काठमाडौं । घरजग्गा कारोबारबाट हुने राजस्व संकलन आधाभन्दा बढीले घटेको छ । गत आर्थिक वर्षको पुससम्ममा घरजग्गा कारोबारबाट ३९ अर्ब ९३ करोड राजस्व संकलन भएको थियो ।

यो वर्ष अर्थतन्त्रमा देखिएको सिथिलताको असर घरजग्गाबाट उठ्ने राजस्वमा पनि परेको छ । चालू आ.व.को ६ महिनामा १६ अर्ब ८८ करोडमात्र घरजग्गाबाट राजस्व संकलन भएको छ । यो रकम गत वर्षको तुलनामा १३६.५५ प्रतिशत कम हो ।

यसअघिका वर्षहरूमा यो दरमा राजस्व कम उठेको थिएन् । प्रत्येक वर्ष राजस्व बढ्दै गएका कारण सरकारले पनि यो क्षेत्रबाट उठ्ने राजस्वको लक्ष्य वार्षिक रूपमा बढाउँदै आएको छ ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर