६ लाख नगदसहित सुनचाँदी चोरेको अभियोगमा पक्राउ परे, २० वर्षिय किसन — OSNepal

६ लाख नगदसहित सुनचाँदी चोरेको अभियोगमा पक्राउ परे, २० वर्षिय किसन

LC (KTM) July 06, 2021 0

सिरहा २२ असार । धनमाल चोरी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ११ बस्ने २० वर्षीय किसन साह रहेका छन् । साहलाई हिजो सोमबार ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

साहमाथि सोही नगरपालिका ८ अरङटोल बस्ने मोहबुद राईनको घरबाट नगद ६ लाख रुपैयाँ, २ थान सुनको झुम्का, १ थान सुनको मन्टिका, १ थान सुनको नथिया र करिब १ केजि ५ सय ग्राम चाँदीका गरगहना चोरेको आरोप लागेको छ ।

आइतबार राति चोरी भएको सुचना पाउनमा साथ प्रहरीले साहलाई पक्राउ गरेको हो । साहको साथबाट सबै सामान बरामत भएकोले थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर